You are viewing the translated version of प्रत्यायोजित बिधायनको दर्ता.
Section 24
प्रत्यायोजित बिधायनको दर्ता
(१) दफा २२ बमोजिम प्रत्यायोजित विधायन स्वीकृत भएपछि त्यस्तो विधायन स्वीकृत गर्ने निकायबाट प्रमाणीकरण भई प्राप्त भएको मितिले सात दिनभित्र-सम्बन्धित मन्त्रालय वा निकायले कानून मन्त्रालयमा दर्ता गर्न पठाउनु पर्नेछ। त्यसरी प्राप्त प्रत्यायोजित विधायन कानून मन्त्रालयले दर्ता गरी दर्ता नम्बर प्रदान गर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल राजपत्रमा प्रकाशन हुने प्रत्यायोजित विधायनको हकमा कानून मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशनको लागि सूचना सम्पादन गरी पठाउँदा त्यस्तो प्रत्यायोजित विधायनको छुट्टाछुट्टै दर्ता नम्बर कायम गरी सम्पादित सूचनामा त्यस्तो दर्ता नम्बर समेत उल्लेख गरी पठाउनेछ। नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दा त्यस्तो दर्ता नम्बर सहित प्रकाशन गर्नु पर्नेछ।
(३) प्रत्यायोजित विधायन दर्ता वा नेपाल राजपत्रमा प्रकाशनका लागि सूचना सम्पादनको लागि कानून मन्त्रालयमा पठाउँदा त्यस्तो प्रत्यायोजित विधायन स्वीकृत गर्ने निर्णयको छायाँप्रति, स्वीकृत प्रत्यायोजित विधायनको प्रमाणित प्रति र विद्युतीय प्रति समेत संलग्न गरी पठाउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम कानून मन्त्रालयले प्रत्यायोजित विधायन दर्ता गर्दा दर्ता नम्बर, दर्ता मिति, त्यस्तो विधायन जारी गर्न अधिकार प्रत्यायोजन गर्ने सङ्घीय ऐन र त्यसको सम्बन्धित दफा, प्रत्यायोजित विधायन स्वीकृत गर्ने अधिकारी वा निकाय खुलाउनु पर्नेछ।
(५) उपदफा (१) बमोजिम दर्ता गरिएको प्रत्यायोजित विधायनको पहिलो-पृष्ठको शीरमा विधायनको प्रकृति, दर्ता नम्बर र दर्ता/मिति खुलाइएको छाप लगाई कानून मन्त्रालयको सम्बन्धित अधिकृतले दस्तखत गरी एक प्रति कानून मन्त्रालयमा राखी एक प्रति प्रत्यायोजित विधायन दर्ता गर्न ल्याउने सम्बन्धित निकायलाई फिर्ता दिनु पर्नेछ।
(६) कानून मन्त्रालयले यस दफा बमोजिमको प्रत्यायोजित विधायनको दर्ता गर्ने कार्य विद्युतीय माध्यमबाट समेत गर्ने व्यवस्था मिलाउन सक्नेछ।